जीर्ण जयवागेश्वरी भत्काउने प्रक्रिया शुरु
पूर्णप्रसाद मिश्र
काठमाडौँ । भूकम्पले क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर पुनःनिर्माणका लागि जीर्ण भवन भत्काउने प्रक्रिया शुरु गरिएको छ ।
फागुन २ गते जीर्ण मन्दिर भत्काउन क्षमा पूजा गरियो । क्षमा पूजापछि जस्ताले बार लगाई जीर्ण मन्दिरका संरचना निकाल्न लागिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भरत मरासिनीले राससलाई जानकारी दिए ।
पुनःनिर्माणका क्रममा तीनपटक क्षमा पूजा गरिने जनाइएको छ । भत्काउनुअघि, पुनःनिर्माण शुरु गर्नुअघि र सम्पन्न भएपछि तान्त्रिक विधिअनुसार साइत निकालेर क्षमा पूजा गरिने जनाइएको छ । मन्दिर २०७२ वैशाख १२ र २९ गतेको भूकम्प र पटकपटकको परकम्पले गजुर भत्किएको थियो । बाँकी भाग पनि चिराचिरा परेर जीर्ण बनेको थियो । कति टुँडाल खस्न थालेका थिए ।
क्षतिग्रस्त मन्दिर पुनःनिर्माणका लागि कोषले भूकम्पको एक महीना पनि नबित्दै जेठ ४ गते एड्भेन्चर टुर एण्ड ट्राभलका सञ्चालक कल्याण शर्मालाई पुनःनिर्माणको सैद्धान्तिक स्वीकृति दिएको थियो । शर्माले पुनःनिर्माणको काम शुरु गर्न नसकेपछि गत वर्ष सम्झौता रद्द भयो ।
कोषले गत माघ २ गते बुधबार तुलसी कन्स्ट्रक्सनसँग दुई वर्षमा पुनःनिर्माण सक्ने गरी सम्झौता गरेको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए । “रु तीन करोड १४ लाखमा मन्दिर पुनःनिर्माण हुन्छ, पुरानै प्रकारका निर्माण सामग्रीको प्रयोग गरी मन्दिर बनाइनेछ, विश्व सम्पदा सूचीमा सूचीकृतस्थल भएकाले प्राचीन स्मारक संरक्षण ऐनअनुसार ऐतिहासिक मन्दिर बन्छ”, उनले भने।
भूकम्पले मन्दिर भत्किए लगत्तै पुनःनिर्माणको निवेदन दर्ता गराउनुभएका दाता शर्मा शुरुमा पुरातत्वले नक्सा र डिजाइन स्वीकृत गर्न समय लगाएको, स्वीकृत भएर पुनःनिर्माण शुरु गर्दा स्थानीयवासीले अवरोध गरेकाले आफू पछि हट्न बाध्य हुनुपरेको बताउँछन् ।
“विभागले नक्सा स्वीकृत गर्न डेढ वर्ष लगायो, विभागले दिएको स्वीकृति फेरि कोषले स्वीकार गरेन, मैले भत्किएको सम्पदा पुनःनिर्माणमा केही सहयोग गर्न सकिन्छ कि भनेर प्रयास गरेको हुँ, यसक्रममा विभाग, विश्व सम्पदा र स्थानीयवासीको फरक फरक इच्छा भएर काममा अप्ठ्यारो भयो”, उनले भने ।
भूकम्पको चार वर्ष हुन लाग्दासम्म पनि जयवागेश्वरी मन्दिरको छानो पालले ढाकिएको थियो । टुँडाल र इँट्टा धमाधम झर्न थालेका थिए । चारैतिर चर्किएर प्वाल परेको मन्दिर ढल्ने क्षण कुरेर बसे जस्तो लाग्थ्यो । उपत्यकामा मेलम्चीको पानी वितरणका लागि ठूला पाइप बिच्छ्याउँदा सडक खनिएकाले मन्दिरमा थप क्षति पुग्यो । सडक नजिकै मन्दिर रहेकाले दैनिक हिँड्ने सवारी साधनले जीर्ण मन्दिरमा क्षति थपिएको थियो ।
सती प्रथा रहुञ्जेल राजा महाराजाको निधनमा सती जाने रानीहरुको गरगहना सबै जयवागेश्वरीलाई चढाइने गरिन्थ्यो भन्ने भनाइ स्थानीयवासीबीच चल्ने गर्छ ।
चढाइएको गरगहना लगायत सम्पत्तिको कुनै अभिलेख नरहेको पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव एवं संस्कृतिविद् डा गोविन्द टण्डन बताउँछन् । पशुपति क्षेत्रमा रहेका ५१८ स्मारकमध्ये ९५ वटामा भूकम्पले क्षति पु¥याएको थियो । १५ सम्पदा पूर्ण रुपमा क्षति भएका थिए ।
पूर्ण क्षति भएका सम्पदामध्ये हालसम्म पाँच र आंशिक क्षति भएकामध्ये २० गरी कुल २५ सम्पदा बनाइएको निर्देशक मरासिनीले बताए । आंशिक क्षति भएकामध्ये छ वटा र पूर्ण क्षति भएका चार सम्पदा पुनःनिर्माण भइरहेको छ । बाँकी सम्पदामध्ये केही ड्रइङ डिजाइन सकी सहमतिका लाग पुरातत्व विभागमा पठाइएको कोषले जनाएको छ ।
विभागमा सहमतिका लागि पठाइएकामध्ये केही सम्पदाको स्वीकृति महीनौँ बित्दा समेत आउन नसकेको कोषका अधिकारीहरुको गुनासो छ । भूकम्पले अति प्रभावित १४ जिल्लामा ७५३ सम्पदामा क्षति पुगेको थियो । तीमध्ये हालसम्म २०१ वटाको मात्र पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले बताए ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












