ताजा समाचार

बबरमहलमा टेलिकमको टावरबाट खसेर एक जनाको मृत्यु

काठमाडौं । बबरमहलमा रहेको नेपाल टेलिकम भवनको टावरमा काम गर्ने क्रममा लडेर एकजना कामदारको मृत्यु भएको छ ।

प्रहरीका अनुसार भवनमा टावर जडानको तालिम लिने क्रममा ३३ वर्षीय वसन्तलाल राठौरको लडेर मृत्यु भएको हो । टावरमा काम गर्दैगर्दा चिप्लिएर खसेको प्रत्यक्षदर्शीको भनाइ छ ।

उनी भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । टेलिकमको आउट सोर्सिङ कम्पनीका कर्मचारी रहेका राठौंरको मृत्यु भएको घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org