ताजा समाचार

कांग्रेस सांसद अमरेशकुमारले पशुपति शर्मालाई २५ हजार पुरस्कार दिने

लोकदोहोरी गायक पशुपति शर्माको गीत लुट्न सके लुट सिंह संसदमा पुगेको छ । उक्त गीतको विषयमा बोल्दै कांग्रेसका सांसद अमरेश कुमार सिंहले २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्।

संसदको शुन्य समयमा बोल्दै कांग्रेस सांसद सिंहले पशुपति शर्माको गीत हटाएर सरकारले जनताको कान र मुख थुन्न नसक्ने बताए। उनले आफ्नो फागुन महिनाको पारिश्रमिकबाट २५ हजार गायक शर्मालाई सम्मानस्वरुप दिनेसमेत बताए।

गायक शर्माको लुट्न सके लुट कान्छा गीतमा सत्ता समर्थितहरुले तीव्र विरोध गरेपछि युट्युबबाट हटाइएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org