ताजा समाचार

सोमबार भएका सडक दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं ।

सोमबार देशका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सुनसरी, बझाङ र सप्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको हो । सुनसरी, गढी गाउँपालिका– १ मा को २ त ६७५० नम्बरको ट्याक्टरको ट्रलीले किच्दा चालक दुहबी नगरपालिका–११ तनमुना बस्ने ४० वर्षीय धिरेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बझाङ, जयपृथ्वी नगरपालिका–११ तापृकोटस्थित सडकमा चैनपुरबाट धानीलेकतर्फ जाँदै गरेको से १ ज ८९० नम्बरको जिप सडकबाट १५० मिटर तल खस्दा सोही नगरपालिका–११ बस्ने ४८ वर्षीय धौले जोशी र १२ वर्षीया समु जोशीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी सोही नगरपालिका बस्ने ४३ वर्षीया कविता जोशी समेत १६ जनालाई उपचारको लागि जिल्ला अस्पताल बझाङ लगिएको छ ।

यस्तै सप्तरी अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ स्थित सडकमा ना ५ ख १६५१ नम्बरको ट्रक आफै अनियन्त्रित दुर्घटना हुँदा ट्रकमा सवार बारा निजगढ नगरपालिका–८ बस्ने २५ वर्षीय भरत तामाङ र उदयपुर घर भएका २१ वर्षीय अशोक लामाको घटनास्थलमै मृत्यु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org