कहाँ पुग्यो कर्मचारी समायोजन ? अहिलेसम्म कति कर्मचारीहरुको समायोजन भयो (विस्तृतमा)
काठमाडौं ।
फागुन ३ गतेसम्म कर्मचारीहरुको समायोजन सक्ने बताएको सरकारले सोमबारसम्म ७ हजार कर्मचारीहरुको समायोजन गरेको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको कर्मचारी समायोजन महाशाखाका अनुसार सोमबारसम्म ७ हजार ३ सय ४१ कर्मचारीहरुको समायोजन सकिएको छ । जसमध्ये अधिकांशको समायोजन संघमा भएको छ ।
समायोजन सकिएका कर्मचारीहरुमध्ये संघमा ५ हजार ६ सय ९१ छ । प्रदेशमा ९ सय ७ जनाको र स्थानीय तहमा ७ सय ४३ जना कर्मचारी समायोजन भएका छन् ।
अहिले अधिकृततर्फ प्रशासन, लेखा र राजश्व समूहको समायोजन सकिएको छ । अब अधिकृतका अन्य समूहसँगै लेखापाल, सहलेखापाल, नायब सुब्बा र खरदारको समायोजनको काम पनि सुरु गर्ने तयारी रहेको कर्मचारी समायोजन महाशाखाले जनाएको छ ।
५७ सचिव सबैको संघमा समायोजन गरिएको छ । ६ सय ७६ सहसचिवमध्ये संघमा ५ सय ७४ र प्रदेशमा १ सय २ जना समायोजन भएका छन् । स्थानीय तहमा भने सहसचिवको दरबन्दी छैन ।
२ हजार ६ जना उपसचिव समायोजन भएकामध्ये संघमा १ हजार ५ सय ३१, प्रदेशमा २ सय ३७ र स्थानीय तहमा २३८ जना समायोजन भएका छन् ।
यसैगरी अधिकृततर्फ प्रशासन समूहका २ हजार ३ सय ४१ जना संघमा, ३ सय ७१ जना प्रदेशमा र १ सय ७८ जना स्थानीय तहमा समायोजन भएका छन् ।
यस्तै, लेखा समूहका ६ सय १० जना अधिकृत संघमा समायोजन भएका छन् । लेखा समूहका अधिकृत प्रदेशमाभन्दा धेरै स्थानीय तहमा समायोजन भएका छन् । स्थानीय तहमा ३ सय २७ र प्रदेशमा १ सय ९५ जना लेखा अधिकृतलाई समायोजन गरिएको छ ।
राजश्वतर्फ ५ सय ८० अधिकृतमध्ये प्रदेशमा २ जना मात्र समायोजन भएका छन् । बाँकी सबै ५ सय ७८ जना लेखा अधिकृत संघमै छन् ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












