शाखा अधिकृत विरुद्ध ३ करोड बिगो दावीसहित भ्रष्टाचारको मुद्धा
राजश्व अनुसन्धान विभाग ललितपुरका तत्कालिन शाखा अधिकृत रामजी रिजालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ ।
अख्तियारले रिजालविरुद्ध अवैधानिक स्रोतबाट सम्पत्ति आर्जन गरेको भन्दै झन्डै ३ करोड रुपैयाँ बराबर बिगो दावीसहित मुद्धा दायर गरेको हो ।
अख्तियारले स्रोत नखुलेको रकम २ करोड ९७ लाख ३८ हजार ३ सय १० रुपैयाँ बराबर बिगो तथा जरिवाना र कैद सजाय माग गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
६ कात्तिक २०४० देखि ५ वैशाख २०४१ सम्म खानेपानी तथा ढल निकास विभाग पोखरामा अस्थायी सेवामा काम गरेका रिजाल ११ वैशाख २०४१ देखि भूमि सुधार तथा व्यवस्था मन्त्रालयको खरिदार पदमा स्थायी नियुक्त भएका थिए । पछि १५ वैशाख २०७४ मा रिजाल राजश्व अनुसन्धान विभागको शाखा अधिकृत पदबाट सेवा निवृत्त भएका थिए ।
सेवामा रहँदा रिजालले तलव तथा प्रोत्साहन भत्ता र उनकी श्रीमती स्वस्थानी रिजालको पारिश्रमिकलगायत व्यवसायबाट १ करोड ९६ लाख ८६ हजार ५ सय ९ रुपैयाँ वैध रुपमा आम्दानी गरेको देखिएको अख्तियारले जनाएको छ । तर, सोही अवधिमा रिजालले विभिन्न क्षेत्रमा ४ करोड ९४ लाख २४ हजार ८ सय १९ रुपैयाँ खर्च गरेको अख्तियारको छानबिनबाट फेला परेको छ ।
रिजालले वैध रुपमा गरेको आम्दानी र खर्चको हिसाव गर्दा २ करोड ९७ लाख ३८ हजार ३ सय १० रुपैयाँ बराबरको स्रोत नखुलेको देखिएको छ ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












