ताजा समाचार

पाठकविरुद्ध अख्तियारले नै छानबिन गर्ने, गठन गर्‍यो समिति

काठमाडौं ।

महाअभियोग लाग्ने थाहा पाएपछि राजीनामा दिएका अख्तियार दुरुपायोग अनुन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध अख्तियारले नै अनुसन्धान गर्ने भएको छ ।

सहसचिवको नेतृत्वमा तीन सदस्यीय कमिटी गठन गरेर अनुसन्धान सुुरु गरिएको अख्तिायारका प्रवक्ता रामेश्वर दंगालले बताए ।

अदुअआले महान्यायाधिवक्ताको कार्यालयसँग राय लिएर अनुसन्धान सुुरु गरेको हो । महान्यायाधिवत्ताको कार्यालयले सोमबार पाठकमाथि अख्तियारले छानबिन गर्न सक्ने राय दिएको थियो ।

नेपाल इञ्जिनियरिङ कलेजमा भएको भ्रष्टाचार मिलाइदिने शर्तमा उनले ७८ लाख रुपैयाँ घुस लिएको सार्वजनिक भएपछि पाठकले गत शुक्रबार पदबाट राजीनामा दिएका थिए ।

घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका पठाकविरुद्ध नेकपाका सांसदहरुले महाअभियोग लगायने तयारी गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org