ट्राफिक व्यवस्थापन गर्न समिति
ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापन, सडक बालबालिका तथा महिलाको समस्या समाधान र लागुऔषध एवं अपराध न्यूनीकरणका लागि समिति गठन गरेको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत महानगरपालिकामा आयोजित बैठकमा समिति गठन गर्ने निर्णय गरिएको हो । ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी निरीक्षक राजेश सिलवालको संयोजकत्वमा तथा महिला र बाल बालिकाको विषयमा महिला विकास अधिकृत महेश्वरी विष्टको संयोजकत्वमा समिति गठन गरिएको छ । यसैगरी लागुऔषध तथा अपराध नियन्त्रणका लागि दीपु जोशीको संयोजकत्वमा समिति गठन गरिएको छ ।
बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले तीनवटै समितिले जनतामा प्रत्यक्ष प्रभाव पार्ने काम गर्नुपर्ने बताए । सवारी चापको तुलनामा सडकको क्षमता नबढेकाले उनले ट्राफिक व्यवस्थापन ठूला शहरमा चुनौती बनेको हुँदा समाधानमा लाग्न सबैको सहयोग हुनुपर्नेमा जोड दिए । ‘‘एक–एक गर्दै समस्या सम्बोधन हुन्छ, धेरै एकैपटक गर्छु भन्दा एउटैमा पनि सफल हुन सकिदैंन, सडक र सवारी जामलगायत समस्या समाधानका लागि सरोकार भएका निकायसँग सहकार्य गरिनेछ, गठन भएका तीनै समितिलाई महानगरपालिकाले सक्दो सहयोग गर्नेछ”, उनले भने ।
उपप्रमुख गीता सत्यालले महानगर महिला, बालबालिका र ज्येष्ठ नागरिकको समस्याप्रति संवेदनशील रहेको बताए । सार्वजनिक यातायातमा महिला र ज्येष्ठ नागरिकले भोगेका समस्या समाधान गर्न ट्राफिक प्रहरीसँगको सहकार्यमा काम गर्ने उनको भनाइ थियो । बैठकका सहभागीले लागुऔषधको बिक्री वितरण र ओसारपसार रोक्न वडास्तरमा नै चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । आपराधिक गतिविधि हुने स्थानमा सिसी क्यामेरा जडान गर्नुपर्ने सहभागीको सल्लाह थियो ।
बैठकमा सामुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गत कात्तिकदेखि आयोजना गरिएका कार्यक्रमको जानकारी गराइएको थियो । यसअन्तर्गत सार्वजनिक सुनुवाइ, अभिमुखीकरण, विद्यालयस्तरमा प्रशिक्षण र चेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












