ताजा समाचार

सर्वाेच्च अदालतको न्यायाधीश पद रिक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएपछि अदालतमा आजदेखि सो पद रिक्त भएको छ ।

नेपालको संविधानको धारा १३१ को खण्ड (क) बमोजिम प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीशले आफ्नो पदबाट राष्ट्रपति भण्डारीसमक्ष लिखित राजीनामा दिएमा निजको पद हुने रिक्त हुनेछ । वरिष्ठतम विवादित न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति भण्डारीसमक्ष आज राजीनामा दिएका थिए ।

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि जोशीको नाम अनुमोदन नगरेपछि न्याय सम्पादन गर्ने वा नगर्ने विवादका बीच उनले अदालतमा काम गरिरहेका थिए । प्रधानन्यायाधीश जबरा नियुक्त भएसँगै उहाँलाई न्याय सम्पादनको जिम्मेवारीबाट मुक्त गरिएको थियो । जोशी बिदामा बसेका थिए । उनको कार्यकाल आगामी जेठसम्म थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org