सुदूरपश्चिमका ३२ ठाउँमा खेलमैदान निर्माण हुने
अछाम । सुदूरपश्चिम प्रदेशका ३२ स्थानमा खेलमैदान निर्माण तथा सुधार गरिने भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्रका ३२ वटै स्थानमा खेलमैदान निर्माण एवं सुधार कार्यक्रमअन्तर्गत निर्माण तथा सुधार गरिने भएको हो ।
खेलमैदान निर्माणका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा रु छ करोड ४० लाख विनियोजन गरेको छ । एउटा खेलमैदानका लागि रु २० लाखका दरले बजेट विनियोजन गरिएको सामाजिक विकास मन्त्रालयको युवा तथा खेलकूद महाशाखाका उपसचिव किसानराज चिलुवालले जानकारी दिए ।
चालू आर्थिक वर्षको असार मसान्तसम्म खेलमैदान निर्माणकार्य सम्पन्न गरिसक्नु पर्नेछ । सुदूरपश्चिम प्रदेशका ३२ स्थानमध्ये कैलालीमा १०, कञ्चनपुरमा छ, अछाममा चार, बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, बझाङ र बाजुरामा दुई÷दुई खेलमैदान बन्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ । अछामका चार ठाउँमा खेलमैदान निर्माण तथा सुधार हुने भएको छ । जिल्लाका चार प्रदेश निर्वाचन क्षेत्रमा खेलमैदान निर्माण तथा सुधार हुने भएको छ । चार प्रदेशसभा निर्वाचन क्षेत्रमा खेलमैदान निर्माण तथा सुधार हुने जानकारी आफुहरुले पाएको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख हर्कबहादुर साउदले जानकारी दिए ।
उनले निर्वाचन क्षेत्र नं १ को प्र्रदेशसभा १ मा बडासैन खेलमैदान रिडीकोट–२ को थालाकोट खेलमैदान कालिका तथा क्षेत्र नं २ को प्रदेशसभा २ मा मालिका रङ्गशालाको स्तरोन्नतिमा बजेट खर्च हुने प्रवल सम्भावना रहेको बताए । क्षेत्र नं २ को प्रेशसभा १ मा नयाँ मैदानका लागि पनि खर्च हुनसक्नेछ । सामाजिक विकास मन्त्रालयबाट आधिकारिक जानकारी नआएकाले खेलमैदान निर्माण, सुधार तथा कुन स्थानमा हुने भन्नेबारे आधिकारिक छलफल नभएको जिल्ला खेलकूद विकास समितिले जनाएको छ ।
Comments
अरु समाचार
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...
-
भिसा नआएपछि नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’
काठमाडौँ। इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्न बेलायत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’ भएको छ। टोली मंगलबार बिहान...
-
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्दै
काठमाडौं । नेपाली टोलीले मित्रराष्ट्र बङ्गलादेशको राजधानी ढाकामा जारी अन्तर्राष्ट्रिय यु–१९ भलिबल प्रतियोगिताको आज फाइनल खेल खेल्दै छ । नेपालले...
-
नेपाललाई जितका लागि १६१ रनको लक्ष्य
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग एक सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन...