ताजा समाचार

विवेकशील साझाका ३० जना कार्यकर्ता नक्सालबाट पक्राउ

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडी प्रदर्शनमा उत्रेका विवेकशील साझाका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । विवेकशील साझाले ३० भन्दा बढी आफ्ना नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

‘ठूलो माछा कता छन् ? सिंहदरबार जता छन्’, ‘अख्तियारको बल्छी, साना माछा मात्रै पर्ने’ लगायतका नारा लेखिएका प्लेकार्डसहित उनीहरु धर्नामा बसेका थिए ।

बढ्दो भ्रष्टाचार तथा बेथितिको छानबिन माग गर्दै बुधबार बिहान विवेकशील साझाले अख्तियार अगाडि धर्ना कार्यक्रम राखेको थियो ।

शान्तपूर्ण प्रदर्शन गर्नेलाई नियन्त्रणमा लिएर सरकारले लोकतन्त्रको उपहास गरेको भन्दै मिश्रले तत्काल नेता–कार्यकर्तालाई रिहा गर्न माग गरेका छन् ।

पक्राउ परेकालाई प्रहरीले महेन्द्र पुलिस क्लबमा राखेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org