ताजा समाचार

नेकपाको चौथो कार्यदल भंग

काठमाडौं ।

पार्टीको एकताका लागि गठन भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यदल भंग भएको छ । शुक्रबार बसेको सचिवालय बैठकले कार्यदलको म्याद नथप्ने निर्णय गरेपछि कार्यदल स्वतः भंग भएको हो ।

अब शीर्ष नेताहरु रहेको सचिवालयले सांगठनिक एकताको प्रस्ताव तयार पारेर स्थायी कमिटीमा पेश गर्नेछ ।

बिहीबार सचिवालय बेठकमा संयोजक रामबहादुर थापा बादलले पेश गरेको कार्यदलको प्रतिवेदनमा एक साता समय माग गरिएको थियो । बैठकमा बोल्ने कार्यदलका बहुमत सदस्यहरुले पनि म्याद थप्नुपर्ने धारणा राखेका थिए ।

तर, प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कार्यदल विघटन गर्ने प्रस्ताव गरेका थिए ।

शुक्रबारको सचिवालय बैठकले ओलीकै प्रस्तावअनुसार निर्णय गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org