ताजा समाचार

क्लब डेजाभूका तीन जना सञ्चालक पक्राउ

दरबारमार्गस्थित क्लब डेजाभूका तीन जना सञ्चालकहरुलाई प्रहरीले ठगीको आरोपमा पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले डेजाभू लाउन्ज प्रालिका अध्यक्ष प्रवेश श्रेष्ठ, सञ्चालकहरु प्रतीक श्रेष्ठ र समिप शिलाकारलाई बिहीबार साँझ पक्राउ गरेको हो ।

डेजाभू लाउन्ज कम्पनीका सञ्चालकहरुलाई बिहीबार साँझ पक्राउ गरिएको परिसरका प्रवक्ता डिएसपी होमिन्द्र वोगटीले पुष्टी गरे । प्रहरीका अनुसार, डेढ करोड ठगीको उजुरी प्रहरीमा परेपछि अनुसन्धानका लागि सञ्चालकहरु नियन्त्रणमा लिइएको हो ।

डेजाभू लाउन्ज प्रालिले एक करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै विश्वराम श्रेष्ठले जाहेरी दिएका थिए । प्रहरीले यसअघि नै अर्का सञ्चालक मनोज श्रेष्ठबिरुद्ध बैंकिङ कसुरमा कारवाही अघि बढाएको थियो । अहिले प्रहरीले मनोजबिरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस समेत जारी गरेर खोजी गरिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org