यी हुन् पारस खड्कालाई ब्राण्ड एम्बेसडर बनाउँदै ठग्ने कन्सल्टेन्सी
नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तानलाई नै ब्राण्ड एम्बेसडर बनाएका कन्सल्टेन्सीहरुले विद्यर्थाीलाई ठगेको पाइएको छ । एक्स्पर्टले क्याप्टेन खड्कालाई वर्षको २० लाख दिने गरेर एम्बेस्डर बनाएको छ । उसले पनि अष्ट्रेलिया पठाएका विद्यार्थीहरु अलपत्र परेका छन् । त्यस्तै प्रतिविद्यार्थी २० लाखका दरले शुल्क लिएर एक्स्पर्ट, मर्सी, कंगारु, एबीसी माइग्रेशन, डल्फिन, अल्फाबिटा, काठमाडौं इन्फोसिसलगायत कन्सल्टेन्सीले पनि विद्यार्थी पठाएका थिए ।
अस्ट्रेलियामा दर्ता नै नभएको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) मा सबैभन्दा बढी विद्यार्थी पठाउनेमा एक्स्पर्ट एजुकेशन एन्ड भिसा सर्भिसेस कन्सल्टेन्सी र मर्सी एजुकेशन रहेका छन् ।
एआइबिटी कलेज खारेजीमा परेपरेसँगै १ हजारभन्दा बढी नेपाली विद्यार्थीको भविस्य अन्योलमा परेको छ । नेपालका नाम चलेका एजुकेशन कन्सल्टेन्सीहरूले नै अष्ट्रेलिया पु¥याएर नेपाली विद्यार्थीलाई अलपत्र पारेका हुन् ।
क्रिकेट खेलाडी खड्कालाई ब्रान्ड एम्बेसडर बनाएर ठगी गर्ने एक्स्पर्ट, अल्फा हाउस र मर्सीले सबैभन्दा बढी विद्यार्थी पठाएको खुलेको छ । अलपत्र परेका १ हजारमध्य मर्सीबाट ५ सय, एक्स्पर्टबाट २ सय र अल्फाबिटाबाट एक सय जना विद्यार्थी अस्ट्रेलिया गएको खुलेको छ ।
कन्सल्टेन्सीहरूले सरकारलाई समेत ढाँटेर विद्यार्थी विदेश पठाएको हुँदा शिक्षा मन्त्रालयले छानबिन समिति समेत गठन गरेको छ ।
विद्यार्थीले एजुकेशन कन्सल्टेन्सीको सहयोगमा ‘अफर लेटर’ बुझाउने गरेका छन् । अलपत्र परेका विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिन संलग्न मन्त्रालयकै कर्मचारी पनि जिम्मेवार ठानिएका छन् ।
त्यसो त इक्यान र आईरिनमा आबद्द ठूला कन्सल्टेन्सीले अबैध रुपमा हुण्डीमार्फत रकम पठाएर अस्ट्रेलियाका कलेजहरूमा लगानी गर्दै आएका छन् ।
यसरी अबैध रुपमा लगानी गर्नेहरुमाथि सम्पत्ति शुद्धीकरण बिभाग र केन्द्रीय अनुसन्धान ब्यरो ९सिआईबी०ले छानविन गर्ने तयारी समेत थालेको मन्त्रालय स्रोतको भनाइ छ ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












