ताजा समाचार

बिना मगरले भनिन्ः मेलम्चीमा कसैको गिद्धे नजर पर्न दिन्नँ

खानेपानी मन्त्री बिना मगरले आफुलाई नियोजित ढंगबाट केही मिडियाहरुले बदनाम गर्न खोजेको बताएकी छिन् । आजको प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा मेलम्ची खानेपानी आयोजनाको विषयमा जवाफ दिँदै मन्त्री मगरले आफूलाई नियोजित ढंगबाट मिडियाले बदनाम गराउन खोजेको बताएकी हुन् ।

मेलम्ची प्रकरणबारे सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले आफ्नो कार्यकालमा ठूलो उपलब्धि भएको बताएकी छिन् । उनले भनिन्, हामीले सिएमसीलाई सहयोग गरेका छौं। तर अचानक यस्तो घटना भयो। जसले सिएमसी गए। मिडियाहरुले यति रकम खाएको भन्दै समाचार लेखे तर ८४ करोड १५ लाख म आउँदा भुक्तानी भएको छ। तर केही मिडियाले नियोजित ढंगले बदनाम गराउन खोजिएको छ।’

यसैबीच सचिव गजेन्द्र ठाकुरको विषयमा मन्त्री मगरले बोल्न चाहिनन्। ‘पूर्व सचिवले के प्रश्न उठाए के उठाएन त्यो विषयमा केही बोल्न चाँहदिन। मेलम्ची राष्ट्रिय गौरवको आयोजना हो। मेलम्चीमा कसैको जिद्धे नजर पर्न दिने छैन।’

आफूले बनाएको फर्मुला भित्र काम गरेको नदेखिएकोले सचिवको सरुवा भएको मगरले दाबी गरिन्।

मन्त्री मगरसँग सांसदहरु डिला संग्रौला, राजेन्द्र कुमार केसी, महेश बस्नेत, गगन थापा, प्रेम सुवाल र बहादुर सिंह लामाले प्रश्न राखेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org