ताजा समाचार

विमान इन्जिन मर्मत तथा भाडासम्बन्धी टेन्डरमा १ अर्ब ५३ करोड घोटाला !

सिंहदरबारमा शुक्रबार बसेको संसदको सार्वजनिक लेखा समिति बैठकले विमान इन्जिन मर्मत तथा भाडासम्बन्धी टेन्डर आह्वान प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ ।

१ अर्ब ५३ करोड घोटाला भएको हुन सक्ने आशंका गर्दै विमान इन्जिन मर्मत तथा भाडासम्बन्धी टेन्डर आह्वान प्रक्रिया तत्काल रोक्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र नेपाल वायु सेवा निमगलाई निर्देशन दिएको हो ।

नेपाल वायु सेवा निगमले विमान इन्जिन मर्मत तथा भाडासम्बन्धी टेन्डर आह्वान प्रक्रियामा ठूलो आर्थिक चलखेल भएको हुन सक्ने देखिएकाले तत्काल प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिए ।

निगमले लुब्रिहंश कम्पनीलाई परेको ठेक्का आह्वान रद्द गरी अर्कै कम्पनीसँग १ अर्ब ५३ करोड घूस लिएर नयाँ प्रक्रिया सुरू गरेको समितिको आशंका छ ।

बैठकमा नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले कानुन सम्मत नभएकाले लुब्रिहंश कम्पनीलाई दिइएको ठेक्का प्रक्रिया रद्द गरी नयाँ प्रक्रिया सुरू गर्नु परेको जवाफ दिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org