ताजा समाचार

अमेरिकामा एक नेपालीको गोली हानी हत्या

काठमाडौं । अमेरिकामा एक नेपालीको गोली हानी हत्या भएको छ । अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेथ टाउनमा लम्जुङ घर भएका सुभाष घलेको गोली हानेर हत्या भएको हो ।

टी—स्मार्ट सञ्चालन गरिरहेका सुवास सहित हतियारधारीले गोली दुई जनाको बिहीबार मृत्यु भएको त्यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हतियारधारी भित्र पसेर उनलाई गोली हानेको थियो । ति बन्दुकधारीले आफ्नी प्रेमिकालाई समेत गोली हानेर हत्या गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

गोली लागेर दुई जना घाइते भएका थिए । घाइतेहरु घर फर्किइसकेका छन् । प्रहरीले गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org