ताजा समाचार

एकै विद्यालयका ३७ जना विरामी

पूवी रुकुमको एक विद्यालयमा ३७ जना विद्यार्थी विरामी परेका छन् । आइतबार बिहान रूकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाको –६ मयााङमा रहेको जनजागृती आधारभूत विद्यालयका विद्यार्थीहरु बिरामी परेका हुन्।

केहीदिनदेखि विद्ययालय आएका विद्यार्थी टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुनेजस्ता समस्या देखा परी विद्यार्थी बिरामी भएको प्रधानाध्यापक चेतकुमार सेनले जानकारी दिए ।

प्रधानाध्यापक सेनकाअनुसार विद्यालयका २७९ जना विद्यार्थी मध्ये ३७ जना बिरामी परेका छन् । बिरामी हुने विद्यार्थीको संख्या बढिरहेको उनले बताए।

स्कुल दुर्गमा ठाउँमा रहेकाले बिरामी विद्यार्थीहरुको उपचारका लागि स्वास्थ्य संस्था लैजान समस्या परेको छ । विद्यालयबाट सबैभन्दा नजिक रहेको वडा नं ५ हुकामको स्वास्थ्य चौकी पुग्न करिब दुई घण्टा लाग्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org