ताजा समाचार

आमाको कुटाइबाट ४ वर्षीया छोरीको ज्यान गयो

ताप्लेजुङ । आमाको कुटाइबाट ताप्लेजुङमा ४ बर्षीया बालिकाको ज्यान गएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–४ साँवा घर भई फुङलिङ बजारमा बस्दैं आएकी ३२ वर्षीया पूजा चेम्जोङ लिम्बुको कुटाईबाट ४ वर्षीया छोरीको ज्यान गएको हो । भनेको नमान्दा पूजाले गत शुक्रबार बिहान चार वर्षीया छोरीलाई कुटपिट गरी सख्त घाइते बनाएकी थिइन् । कुटपिटबाट बालिका बेहोस भएकी थिईन् ।

उनको नाकबाट रगत बगेको थियो । बालिकालाई जिल्ला अस्पताल ताप्लेजुङले इलाम जिल्ला अस्पताल रेफर गरेको थियो । तर उपचारको क्रममा शुक्रबार राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

प्रहरीले पूजालाई पक्राउ गरेर ज्यान सम्बन्धी मुद्दा दायर गरिएको डिएसपी थापाको भनाई छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org