जन्मदिन पारेर ‘यो केटिले मुस्काएर देशै खाने भई’ सार्वजनिक (भिडियोसहित)
काठमाडाैं । आफ्नो जन्मदिन पारेर गायिका सुशिला पाठकले आफ्नो नयाँ भिडियो सार्वजनिक गरेकी छिन् । शान्तिप्रियद्वारा लिखित यो गीतमा दीपक शर्माको संगीत छ भने उदयराज पौडेलको संगीत संयोजन । मिठो मेलोडीमा बनाईएको यो गीतमा सुशिला खुलेकी छिन् ।
आकर्षक भिडियो सहित सार्वजनिक गरिएको यो गीतमा गायिका सुशिलालाई अभिनयमा बिशाल थापा र समिक्षा पोखरेलले साथ दिएका छन् । भिडियोलाई सचिन थापाले निर्देशन गर्दै अर्थपुर्ण बनाएका छन् । उनकै छायांकन रहेको भिडियोलाई सिलन लम्सालले संपादन गरेका छन् । भिडियोमा तन्नेरीहरु रमाउदै आफ्नो काममा लागिपरेको कुरा गज्जबसंग देखाईएको छ ।
आज एक समारोह बिच सार्वजनिक गरिएको यो गीतलाई प्रत्यक्ष हेर्न र सुशिलालाई जन्मदिनको शुभकामना दिन उनका साथीभाइ, आफन्त, शुभचिन्तक र मिडिया कर्मीहरुको बाक्लो उपस्थिती थियो । “देशै खाने भई” बोलको यो गीतले कत्तिको चर्चा र सफलता पाउने हो त्यो भने हेर्न वाकी नै छ । यसअधि पनि सुशिलाका तीन भिडियो र एउटा एल्बम आईसकेका छन् । १ दर्जनभन्दा बढि फुटकर गीत बिभिन्न एल्बममा गाईसकेकी छिन् । गायनमा अत्यन्त उत्साहित यिनी दोस्रो एल्बमको तयारीमा पनि जुटेकी छिन् । कार्यक्रममा उपस्थित भएर आफुलाई हौसला दिने सबैलाई सुशिलाले धन्यबाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।
Comments
अरु समाचार
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...
-
इलामको रमणीय पाखामा नेपथ्य गुञ्जदै
काठमाडौं । सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका...
-
मुस्ताङका तीन गाउँले थकालीले ‘त्युङ्ला पर्व’ मनाए (फाेटाेफिचर)
काठमाडौं । काठमाडौंमा मुस्ताङका तीन गाउँले थकालीले त्युङ्ला पर्व मनाएका छन् । काठमाडाैँकाे स्वयम्भु स्थित तीन गाउँले थकाली सेवा समाजकाे...