नेपालले बढायो विमानस्थल र सीमा क्षेत्रमा सुरक्षा सतर्कता
काठमाडौं ।
पछिल्लो केही दिनयता भारत र पाकिस्तानबीच तनाव बढेको छ । दुई छिमेकी देशबीच तनाव बढेपछि नेपालले पनि आफ्नो सीमामा सुरक्षा सतर्कता बढाएको छ ।
दुई देशबीचको तनावका बीच हुनसक्ने घुसपैठलाई मध्यनजर गरेर सुरक्षा संयन्त्र चनाखो भएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र मुलुकभरका सीमा जोडिएका क्षेत्रका प्रहरी कार्यालयहरुलाई अलर्ट हुन निर्देशन दिइसकिएको बताए ।
यसअघि मंगलबार भारतीय वायु सेनाको एक लडाकु विमानले पाकिस्तानी क्षेत्रमा पसेर बम विष्फोट गराएको थियो । भारतले ३५० चरमपन्थी मारिएको दाबी गरेको थियो भने पाकिस्तानले त्यसको खण्डन गरेको छ ।
Comments
अरु समाचार
-
चार जना डीआईजीको एक वर्ष पदावधि थपियो
काठमाडौं। सशस्त्र प्रहरी बलका चार जना डीआईजीको पदावधि एक वर्ष थपिएको छ । । मंगलबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले कमल...
-
सशस्त्रका चार डीआईजीको म्याद थपबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । सशस्त्रका चार डीआईजीको म्याद थपबारे निर्णय लिन मन्त्रिपरिषद बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् आकस्मिक...
-
संविधान संशोधन ०८७ मा मात्रै हुने ओलीको खुलासा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन ०८७ मा मात्रै हुने बताएका छन् । केन्द्रीय...
-
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से छ दशमलव १६ अङ्कले बढेर...
-
चीनतर्फबाट सगरमाथा क्षेत्र प्रवेश अस्थायी रूपमा बन्द
काठमाडौं । चीनमा मंगलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि चीनले सगरमाथा क्षेत्र अस्थायी रूपमा बन्द...
-
भूकम्प अपडेट: ९५ जनाको मृत्यु, १३० घाइते
काठमाडौं । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका...
-
भूकम्पबाट सङ्खुवासभामा एउटा घरमा क्षति
काठमाडौं । चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान ६ बजेर ५० मिनेटमा गएको ६ दशमलव ८...
-
सुनकोसी नदीमा बाँध निर्माण सुस्त, सात प्रतिशत मात्रै प्रगती
काठमाडौं । राष्ट्रिय गौरवको सुनकोसी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुनकोसी नदीमा बाँध निर्माण कार्य सुस्त छ । पटेल–रमण जेभीले सुनकोसी नदीमा...
-
भूकम्प अपडेट: सोलुखुम्बुमा दुई घरमा क्षति
काठमाडौं । आज बिहान गएको भूकम्पका कारण सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ।...