पञ्चेश्वर आयोजना कार्यान्वयनबारे छलफल शुरु
काठमाडौं । पञ्चेश्वर बहुद्देश्यीय आयोजना कार्यान्वयनका सम्बन्धमा नेपाल र भारतका विज्ञ समूहबीच काठमाडौँमा छलफल शुरु भएको छ ।
लामो समयदेखि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०मै अल्झिएको आयोजनामा देखिएका समस्या समाधान गरी अघि बढाउने प्रयास स्वरुप विज्ञ समुहबीच छलफल शुरु भएको हो । दुई दिन चल्ने छलफलमा दुई देशले निर्माण गरेको विज्ञ समूहका १५÷१५ जनाको सहभागिता छ ।
जल तथा ऊर्जा आयोगको सचिवालयलेको आयोजनामा भएको दुई देशका विज्ञको संयुक्त तेस्रो बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व देवेन्द्र कार्कीले र भारतको तर्फबाट विज्ञ समूहका प्रमुख महसुस हुसेनले गरेका थिए ।
“डिपिआरमा थाती रहेका विषयमा छलफल हो, मुख्यतः आयोजना कसरी अगाडि बढाउने भन्ने मै केन्द्रित छ”, बैठकमा सहभागी एक प्रतिनिधिले राससलाई जानकारी दिए । उनका अनुसार पछिल्लो पटक सन् २०१६ मा वाकोस्ले डिपिआर बनाएर दुई देशलाई बुझाएको थियो ।
त्यसका कतिपय बुँदामा नेपालले असहमति जनाएकाले यसअघि दुई चरणका बैठक सफल हुन सकेको थिएन । अहिलेको तेस्रो बैठक पनि त्यही विषयमा केन्द्रित रहेको छ ।
उनले भने, “हामीले वैज्ञानिक ढङ्गले गर्नुपर्छ भनेर अडान लिएका छौँ, टनकपुरमा पानी कति हुन्छ, पानीको बाँडफाँट कसरी हुन्छ यी सबै कुरामा हाम्रो असहमति छ, त्यसैमा छलफल छ ।”
पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको बाँध स्थल सन् १९५६ मा नै भारतीय पक्षले पहिचान गरेको थियो । सन् १९७१ को प्रतिवेदनमा एक हजार मेगावाट विद्युत् क्षमताको देखिएको आयोजना सन् १९९१ मा यस आयोजनाको बाँध ३१५ मिटरको बनाउँदा कूल उत्पादन छ हजार ४८० मेगावाट हुने देखिएको थियो ।
सन् १९९५ मा यस आयोजनाको नेपालतर्फबाट विस्तृत आयोजना प्रतिवेदन बनेको थियो । सोही समयमा भारतले पनि आफ्नै तवरले अध्ययन गरेको जनाइएको छ । सीमा नदी भएकाले आयोजना सम्पन्न गर्न द्विपक्षीय सहमति गर्नुपर्ने हुँदा विविध चरणमा वार्ता भए पनि काम अघि बढ्न सकेको छैन ।
नेपाल तथा भारत सरकारबीच महाकाली नदीको शारदा ब्यारेज, टनकपुर ब्यारेज र पञ्चेश्वर योजना सम्बन्धमा विसं २०५२ माघ २९ गते सन्धि सम्पन्न भएपछि सो आयोजना द्वि–राष्ट्रिय लगानीमा संयुक्तरुपमा सञ्चालन गर्ने निर्णय भएको थियो ।
विसं २०६६ मङ्सिर ९ गते भएको दुवै देशको जलस्रोत मन्त्रालयअन्तर्गतको संयुक्त समितिको बैठकमा पञ्चेश्वर विकास प्राधिकरणको गठन गरी विस्तृत योजना प्रतिवेदन तथा अन्य आवश्यक कार्य सम्पन्न गर्ने सहमति भएको थियो ।
द्विपक्षीय रुपमा, आयोजनाले गति नलिए पनि नेपाल सरकारका तर्फबाट आयोजनालाई सकेसम्म जनताको पक्षमा राख्न हरसम्भव प्रयास भइरहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार छलफलमा सहभागी हुने नेपाली विज्ञलाई राष्ट्रको हितका पक्षमा खुलेर कुरा राख्न निर्देशन दिएका थिए । उनले २३ वर्षअघि महाकाली सन्धिअनुसार नेपालले दोधारा–चाँदनी क्षेत्रमा पाउनुपर्ने १० घनमिटर प्रतिसेकेण्ड पानी हालसम्म नपाएकाले यस विषयलाई समेत गम्भीरताका साथ उठाउन विज्ञलाई सुझाव दिएका थिए ।
जल तथा ऊर्जा स्रोतको एकीकृत विकास, व्यवस्थापन एवं उपयोग गर्ने उद्देश्यले विसं २०३२ मा नेपाल सरकारले जल तथा ऊर्जा आयोगको गठनपश्चात् विसं २०३८ देखि स्थायी सचिवालय स्थापना भई काम हुँदै आएको छ ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












