ताजा समाचार

दुर्घटनामा ज्यान गुमाएकाहरुको शव ल्याउन थप हेलिकप्टर पठाइयो

काठमाडौं ।

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएकाहरुको शव ल्याउन थप हेलिकप्टर त्यसछर्फ पठाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दुर्घटनामा ज्यान गुमाएकाहरुको उद्धारका लागि हेलिकप्टर पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताए ।

साथै नेपाली सेनाको दुई हेलिकप्टर पनि त्यसतर्फ जाँदै गरको उनले जानकारी दिए । उनका अनुसार प्रहरीले सातै जनाको शव फेला परेको जनाएको छ ।

उनले पौने १२ बजे पाथिभराको क्षेत्रमा हेलिकप्टरले रिपोर्ट गरेको र पौने १ बजे सुकेटार टावरलाई भारी हिमपात भएको र उड्न नसक्ने जानकारी गराएको उनले जानकारी गराए । त्यसपछि उडेको हेलिकप्टर केही बेरमा नै सिस्नेखोलामा दुर्घटनाग्रस्त भएको उनले जानकारी दिए ।

मौसमको प्रतिकुलताको साथै दुर्घटनाग्रस्थस्थल विकट ठाउँ भएकाले उद्धारका लागि समस्या भएको विमानस्थलले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org