ताजा समाचार

नेकपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनको शोकमा mपार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

बिहीबार बसेको नेकपा सचिवालय बैठकले शोक प्रस्ताव पारित गर्दै हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै आज पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

पार्टीका सबै कार्यालयमा आज आधा झण्डा झुकाउने र तीन दिनसम्म शोक पुस्तिका राखिनेछ भने २३ गते केन्द्रीय कार्यालयले श्रद्धाञ्जली कार्यक्रम समेत गरिने नेकपाका एक नेताले बताए ।

नेकपाले दुर्घटनामा मृत्यु भएकाहरुको परिवारको आर्थिक अवस्था हेरेर सहयोग गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org