ताजा समाचार

ताप्लेजुङ दुर्घटनाः मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन राष्ट्रपति टुँडिखेल जाने

काठमाडौं । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई आन्तिम श्रद्धाञ्जली दिन राष्ट्रपति विद्यादेवी भण्डारी टुँडेखेल जाने भएकी छन् ।

राष्ट्रपति कार्यलयका अनुसार राष्ट्रपति भण्डारीले टुँडिखेलमा आई मन्त्री अधिकारीलाई श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको तय भएको छ ।

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव ताप्लेजुङबाट काठमाडौं ल्याएपछि पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । पोस्टमार्टम सकिएपछि शवहरु अन्तिम श्रद्धाञ्जलीका लागि सैनिक मञ्च टुँडिखेलमा राखिनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org