ताजा समाचार

अन्तिम श्रद्धाञ्जली कार्यक्रम भोलीका लागि तय

काठमाडौं ।

ताप्लेजुङ दुर्घटनामा ज्यान गुमाएका मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको अन्तिम श्रद्धाञ्जली शुक्रबार बिहानका लागि तय भएको छ । यसअघि आजै दिउँसो ३ बजेका लागि कार्यक्रम तय भएको भएपनि पोष्टमार्टम रिपोर्ट आउन ढिला हुने भएकाले भोलीका लागि श्रद्धाञ्जली कार्यक्रम सारिएको हो ।

कार्यक्रम शुक्रबार बिहान ८देखि ११ बजेसम्म सैनिक मञ्च टुँडिखेलमा गरिने नेकपाले जनाएको छ ।

मन्त्री अधिकारी र पीएसओ अर्जुन घिमिरेको शव पहिचान भए पनि बाँकीको शव पहिचान गर्न कठिन भएकाले पोष्टमार्टम रिपोर्ट आउन ढिला भएको हो । मन्त्री अधिकारीको शुक्रबार नै गृहनगर पोखरामा दाहसंस्कार गरिने नेकपाले जानकारी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org