ताजा समाचार

आचारसंहिता बनाएर सर्वसाधारण तथा भीआईपीको उडान गर्नुपर्छ: भट्टराई

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता योगेश भट्टराईले भीआइपीहरुको उडानसम्बन्धी आचारसंहिता बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार टुँडिखेलमा ताप्लेजुङ दुर्घटनाका मृतकहरुलाई श्रद्धाञ्जली दिने कार्यक्रममा पुगेका भट्टराईले मन्त्री रवीन्द्र अधिकारीको निधनबाट पाठ सिक्दै अब भीआइपीहरुको उडानसम्बन्धी आचारसंहिता बनाउनुपर्ने बताएका हुन् ।

सांसद भट्टराईले भने– ‘सावधानी पुगेन भन्ने लाग्छ । अब कोड अफ कन्डक्ट, आचारसंहिता बनाएर सर्वसाधारण तथा भीआईपीको उडान गर्नुपर्छ ।’

मन्त्री रविन्द्र अधिकारीलाई सम्झँदै सांसद भट्टराईले भने– ‘रविन्द्रजीसँग मेरो लामो सहकार्य रह्यो । झण्डै ३ दशक लामो । त्यो क्रममा उहाँ र मेरो बीचमा अत्यन्तै घनिष्ठता रह्यो । अनौपचारिक सम्बन्ध पनि रह्यो । पारिवारिक पनि । यो क्रममा मैले उहाँलाई धेरै असल र राम्रो सम्भावना भएको मान्छेका रुपमा पाएँ ।’

आफूले रविन्द्र अधिकारीलाई समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने, जनताले विश्वास गर्न सक्ने व्यक्तिको रुपमा बुझेको भट्टराईले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org