ताजा समाचार

अधिकारीको शव पोखरा प्रदर्शनी केन्द्रमा LIVE

काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीको शव पोखरामा श्रद्धाञ्लीका लागि राखिएको छ।

आज विहान काठमाडौं टुडिखेलमा श्रद्धाञ्जली कार्यक्रम सकि मन्त्री अधिकारीको शव हेलिकोप्टर मार्फत पोखरा लगिएको हो। पोखरा प्रदर्शनी केन्द्रमा उनको शव राखिएको छ। श्रद्धाञ्जली दिनका लागि उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल पोखरा पुगेका छन्। त्यस्तै मन्त्री गोकर्ण विष्टसमेत पोखरा पुगेका छन्। उनको शवमा मुख्मन्त्री पृथ्वी सुब्बा गुरुङले पूष्प गुच्छा अर्पण गरेका छन्।

श्रद्धाञ्जली दिन ने क पाका केन्द्रीय नेता वामदेव गौतम। प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत अरु नेताहरुसमेत पोखरा पुगेका छन्।

श्रद्धाञ्जलीपश्चात् पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटसम्म शवयात्रा गरी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने कार्यक्रम छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org