ताजा समाचार

किन बस्दै छ नेकपा संसदीय दलको आकस्मिक बैठक ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको आकस्मिक बैठक बस्दैछ । नेकपाका एक नेताका अनुसार केही समयपछि नयाँ बानेश्वरमा बैठक बस्ने छ ।

बैठकले बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि निधन भएका नेकपाका केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रबीन्द्र अधिकारीको शोक प्रस्ताव पारित गर्ने बताइएको छ ।

यसअघि बिहान दुर्घटनमा परि निधन भएका सातै जनाको शव टुँडिखेलमा राखेर राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले श्रद्धाञ्जली दिएका थिए ।

मन्त्री अधिकारीको शव आजै गृहजिल्ला पोखरा लगिएको छ । अहिले उनको शव पोखराको प्रदर्शनी केन्द्रमा राखिएको छ । अधिकारीको आजै पोखराको रामघाटमा अन्त्येष्टि गरिनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org