राजपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन (विज्ञप्ती सहित)
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
आज बसेकाे अध्यक्षमण्डलकाे आकस्मिक बैठकले सरकारलाई दिएकाे समर्थन फिर्ता लिने निर्णय गरेकाे महासचिव केशव झाले बताए।
संसदमा राजपा नेपालका १७ जना सांसद छन्।
थरुहट आन्दाेलनका क्रममा एक नाबालकसहित ९ प्रहरीकाे ज्यान जाने गरी भएकाे कैलालीकाे टिकापुर काण्डमा सांसद रेशम चाैधरीसहित ११ जनालाई जन्मकैदकाे फैसाला सुनाएपछि राजपाकाे केन्द्रीय समितिकाे बैठक बसेकाे थियाे। बैठकले अदालतकाे फैसलाले राजपा नेपाललाई स्तब्ध र मर्माहत तुल्याएकाे जनाइएकाे छ।
दुई तिहाई बहुमत रहेकाे सरकारले संविधान संशाेधन नगरेकाे तथा मधेश र थरुहट आन्दाेलनका बन्दिहरुकाे रिहाइ नगरेकाे, उनीहरुमाथि लगाइएका झुठा मुद्दा फिर्ता नलिइएकाे र घाइतेहरुकाे उपचार नगराएकाे भन्दै राजपाले सरकारलाई दिएकाे समर्थन फिर्ता लिने घाेषणा गरेकाे हो।
राजपाले समर्थन फिर्ता लिएपनि सरकारकाे दुई तिहाई कायमै रहने
राजपाले वर्तमान सरकारले बेराेजगारी समस्या समाधान, महंगी नियन्त्रण र भ्रष्टाचार नियन्त्रण नगरेकाे, असिना एवम् बाढीवीडितलाई राहत नदिएकाे, निर्मला पन्तकाे बलात्कार घटनालगायतमा संलऊन अपराधीलाई कारबाही नगरेकाे, शान्तिसुरक्षा कायम गर्न नसकेकाे, सन्तुलित परराष्ट्र नीति अबलम्बन गर्न नसकेकाे आराेप लगाएकाे छ।
राज्यका हरेक अंगमा दलीय हितकाे पक्षपाेषण मात्र गरेकाे, संघीयतालाई कमजाेर गर्ने, प्रदेशलाई अधिकार नदिने, प्रशासन संयन्त्रलाई पार्टीमुखी बनाई राख्ने काम भएकाे बताउँदै समग्रमा सरकारकाे एक वर्षे कार्यकाल पूर्णत: असफल रहेकाे निष्कर्ष निकालेकाे महासचिव झाले बताए।
‘यस्ताे अवस्थामा सरकारलाई समर्थन दिइरहनुकाे औचित्य नरहेकाेले राजपा नेपालले वर्तमान सरकारलाई दिएकाे समर्थन आजैका मितिबाटै फिर्ता लिने निर्णमा पुगका छाैं’, उनले भने।
बैठकपछि विज्ञप्ति जारी गर्दै राजपा नेपालले ‘शाेषण, उत्पिडन र विभेदका विरुद्ध, पहिचान, अधिकार र सम्मानका लागि संघर्षरत विचार मिल्ने अधिकारवादी र पहिचानवादी पार्टी, संगठन र समूहलाई एकता, माेर्चा र सहकार्यका लागि आह्वान’ गरेकाे छ ।
Comments
अरु समाचार
-
आगलागीबाट ३५ लाख बराबरको क्षति
काठमाडौं । यहाँको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त...
-
चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन
काठमाडौं । चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । निमित्त प्रहरी महानिरीक्षक (प्रहरी अतिरिक्त महानिरीक्षक) टेकप्रसाद राईले...
-
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट
काठमाडौं । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालले नगरपालिका क्षेत्रभित्रका नागरिकको उपचारमा २० प्रतिशत छुट...
-
गर्मीका कारण कञ्चनरुप नगरपालिका विद्यालयमा बिदा
काठमाडौं । तराई–मधेसमा अत्यधिक गर्मी बढेसँगै सप्तरीको कञ्चनरुप नगरपालिका अन्तर्गतका विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाले सूचना जारी गर्दै आजदेखि...
-
विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्वका नेताहरू भेला हुँदै
काठमाडौं । बढ्दो वैश्विक विभाजन, गाजा, युक्रेन र सुडानमा भइरहेका ठूला युद्धहरू र मध्यपूर्वमा अझ ठूलो द्वन्द्वको खतराको छायाँमा विश्वका...
-
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय...
-
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच...
-
विपीन जोशीको रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग परराष्ट्रमन्त्री डा. राणाको आग्रह
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको...