ताजा समाचार

दैलेखमा विप्लव समूहको चन्दा आतंक

दैलेख ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले राजीनामा दिन धम्की दिएसँगै दैलेखका जनप्रतिनिधि त्रसित बनेका छन् । विप्लव समूहका कार्यकर्ताहरुले पत्र मार्फत चन्दासँगै राजीनामा मागेर धम्क्याएपछि स्थानीय जनप्रतिनिधिहरुले सुरक्षा समेत माग गरेका छन् ।

दैलेखका स्थानीय सरकार प्रमुखहरुले कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाहलाई भेटेरै सुरक्षा मागेका हुन् ।

कर्णाली प्रदेशका प्रहरी प्रमुख शाहले दैलेखका स्थानीय सरकारका प्रमुख सुरक्षाको प्रत्याभूति खोज्दै आफूकहाँ आइपुगेको बताए ।

‘दैलेखका जनप्रतिनिधिहरु सुरक्षा खतरा बढ्दो भन्दै आउनु भएको थियो,’ शाहले भने, ‘आपराधिक गतिविधि नियन्त्रणमा प्रहरी लागिपरेकाले विश्वस्त हुन आग्रह गरेको छु ।’

देश समृद्धितर्फ अघि बढिरहेका बेला विप्लव समूहले विस्फोट तथा व्यक्ति हत्याजस्ता आपराधिक गतिविधि बढाएको उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org