ताजा समाचार

भाषण सकेर सिटमा फर्किए लगत्तै शान्ता चौधरी बेहोस

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीकी नेतृ शान्ता चौधरी बेहोस भएकि छिन् । आफ्नो गृह जिल्ला दाङमा भएको कार्यक्रममा सहभागि हुने गएकी चौधरी बेहोस भएकी हुन् ।

उनलाई राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो । पचारपछि उनको होस खुलेको छ ।

तुल्सीपुरस्थित उच्च सरकारी वकिल कार्यालयको भवन उद्घाटन कार्यक्रममा उनी बेहोस भएकी हुन् ।

उच्च सरकारी वकिल कार्यालय उद्घाटन महान्यायाधीवक्ता अग्नि खरेलले गरेका थिए । कार्यक्रममा सांसद चौधरीले पनि मन्तव्य राखेकी थिइन् । उनी मन्तव्य राखेर सिटमा फर्किएपछि उनी बेहोस भएकी हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org