ताजा समाचार

निजामती कर्मचारीहरुको समायोजन सकियो

काठमाडौं ।

निजामती कर्मचारीहरुको समायोजन सकिएको छ । अब स्वास्थ्य सेवा कर्मचारीहरुको समायोजन मात्रै बाँकी छ ।

संघमा ३८ हजार ५ सय ९ जना, प्रदेशमा ९ हजार ५ सय ६२ र स्थानीय तहमा ९ हजार ४ सय ५९ कर्मचारीको समायोजन भएको कर्मचारी समायोजन शाखाका प्रमुख केदार पनेरुले बताए । १ हजार ४ सय ७७ कर्मचारी अतिरिक्त समूहमा छन्। उनले समायोजन लगभग सकिएको बताए।

कर्मचारी किताबखानाको विवरणका आधारमा स्वास्थ्य सेवाबाहेक ६२ हजार निजामती कर्मचारी छन्। यीमध्ये केहीको अवकास भइरहेको छ। केही अध्ययन बिदामा छन्। केही कर्मचारीको मृत्यु भइसकेको छ। स्वास्थ सेवाका २७ हजार कर्मचारीको समायोजन हुन बाँकी छ।

सम्बन्धित मन्त्रालयले कर्मचारी पदस्थापना पनि गरिरहेका छन्। पदस्थापनाको २१ दिनभित्र कर्मचारी समायोजन भएको कार्यालयमा हाजिर भइसक्नु पर्नेछ। निजामतीका करिब ८९ हजार, स्थानीय तहका १७ हजार र अन्य सेवाका २ हजार गरी १ लाख ८ हजार कर्मचारी कार्यरत छन्।

सरकारले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ गरी १ लाख ३८ हजार १ सय ७८ कर्मचारीको दरबन्दी कायम गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org