ताजा समाचार

विश्व मिर्गौला दिवस: प्रधानमन्त्री पनि कार्यक्रममा

काठमाडौं ।

आज विश्व मिर्गौला दिवस । हरेक वर्ष मार्चमा मनाइँदै आएको विश्व मिर्गौला दिवसका अवशरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आयोजना गरेको कार्यक्रममा प्रधामन्त्री केपी शर्मा ओली पनि सहभागि भएका छन् ।

अस्पतालको नेफ्रोलोजी विभाग फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल (पीएसआरएन) र स्वतन्त्र विद्यार्थी युनियनले आज बिहान शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भएका हुन् ।

कार्यक्रमका आयोजकसँगै पैदलयात्रा गरेर प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्नेमा जोड दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org