ताजा समाचार

कैलालीमा जन्तीको बाजा बोकेको बसमा आगजनी

नेत्र विक्रम चन्द विप्लव समूहले कैलालीमा एक बसमा आगजनी गरेको छ । जिल्लाको बडैपुर जंगलमा आज विहान १ बजे बसमा आगजनी गरिएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख ४४१ नम्बरको उक्त बसमा जन्तीको बाजा बोकिएको बताइएको छ । आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । ‘‘

आगजनी गर्दा बसमा सवार सबैलाई बसबाट ओर्लिन लगाइएको थियो । एसपी तिमिल्सेनाका अनुसार आगजनीमा संलग्न रहेको आशंकामा विप्लव समूहका तीनजना कार्यकर्ता पक्राउ परेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org