ताजा समाचार

पोखरामा बन्दको प्रभाव , शंकास्पद बस्तु फेला

‘विप्लव’ समूहको बन्दको प्रभाव पोखरामा पनि परेको छ ।

बन्दका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने शिक्षण संस्थामा पठनपाठन हुन सकेको छैन । बजार क्षेत्रमा पनि अधिकांश पसल बन्द छन् ।

बिहान पोखराको सभागृह चोक र भण्डारढीकमा शंकास्पद बस्तु फेला परेको थियो । शंकास्पद वस्तुको नेपाली सेनाले डिस्पोज गरेको थियो । कास्की प्रहरीका प्रवक्ता रवीन्द्रमान गुरुङले दुवै ठाउँका शंकास्पद वस्तु डिस्पोज गरिएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org