ताजा समाचार

राष्ट्रियसभा नियमावली पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले राष्ट्रियसभा (पहिलो संशोधन) नियमावली २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ ।

राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले सो त्यससम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए ।

यसअघि नियमावली संशोधनकर्ता सांसद डा विमला पौडेलले आफ्नो संशोधनको प्रस्ताव फिर्ता लिएका थिए । नियमावलीमाथिको दफावार छलफलमा भाग लिँदै सांसद रामप्रीत पासवान र रामलखन चमारले संविधानको भावनानुसार समानुपातिक समावेशी प्रतिनिधित्वमा ध्यान दिन आग्रह गरे । राष्ट्रियसभाको बैठक आज नै १५ मिनेटका लागि स्थगन भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org