ताजा समाचार

८१० किमि यात्रा गर्दै राप्रपाको मेची–महाकाली यात्रा सकियो

फागुन १५ गतेबाट सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मेची–महाकाली राष्ट्रिय स्वाभिमान राजधानीमा समापन गरिएको छ । शुक्रबार काठमाडौंस्थित भृकुटीमण्डपमा आमसभा गर्दै यात्रा समापन गरिएको हो ।

फागुन १५ गते ताप्लेजुङबाट सुरु भएको यो यात्रा आज विहानै उपत्यकाका विभिन्न स्थानबाट निस्किएको र्‍याली भृकुटीमण्डप पुगेर सकिएको छ।

हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयता बारे राष्ट्रिय जनमतसंग्रह, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य लगायतका माग राख्दै राप्रपाले यो यात्रा सुरु गरेको थियो।

राप्रपा अध्यक्ष कमल थापाले नेतृत्वमा यस स्वाभिमान यात्राले दुई हजार ८१० किमि यात्रा गरेको दावी गरिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org