ताजा समाचार

पत्नी र छोरी ज्वाईसहित प्रचण्ड अमेरिका उडे

काठमाडौं ।

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिका उडेका छन् ।

पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड आइतबार साँझा अमेरिका गएका हुन् ।

प्रचण्डले अमेरिकामा भएका साथीहरुले पार्किन्सन्सको नयाँ प्रविधिबाट उपचार सुरु भएको जानकारी गराएको र श्रीमती सीता दाहालले पनि पटक पटक अमेरिकामा गएर उपचार गराइदिन जोड गरेपछि आफू जान लागेको बताएका छन् ।

उनले ७ देखि १० दिनमा उपचार सकिने अनुमान गरेको बताए । यदि नसकिएमा सीतालाई छोरी गंगाको जिम्मामा छाडेर आफू स्वदेश फर्किने प्रचण्डले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org