ताजा समाचार

भिक्षु अश्वघोषको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं ।

थेरवाद बुद्धधर्मका भिक्षु महासङ्घका सङ्घनायक भिक्षु अश्वघोष महास्थवीरको स्वास्थ्यावस्था सुधारोन्मुख बन्दै गएको छ ।

केही दिनदेखि अचेत भिक्षुले आँखाले हेर्ने, इशारा गर्ने र सामान्य कुरा गर्न थाल्नुभएको अखिल नेपाल भिक्षु महासङ्घका सदस्य भिक्षु तपस्सी धम्मले जानकारी दिनुभयो । उहाँलाई चिकित्सकको विशेष निगरानीमा राखिएको छ ।

पूर्वसांसद अश्वघोषको मिर्गौला, रक्तचाप, मुटु, कलेजो, पिसाब, निमोनियालगायत समस्याका कारण ग्राण्डी अस्पताल टोखामा करीब दुई सातादेखि उपचार भइरहेको छ ।

करीब आठ दशकदेखि बुद्धदर्शन र साहित्यको प्रवद्र्धनमा लाग्नुभएका भिक्षु अश्वघोषको उपचारका लागि खर्च सरकारले व्यहोर्ने भएकामा महासङ्घले त्यसको स्वागत गरेको छ । गत साता उहाँको स्वास्थ्यावस्था बुझन् प्रधानमन्त्री केपी शर्मा ओलीका साथमा धर्मपत्नी राधिका, सांसद कृष्णगोपाल श्रेष्ठ र विना श्रेष्ठ, कामपा प्रमुख विद्यासुन्दरलगायत गएका थिए । त्यसैगरी नेपालका लागि श्रीलङ्काका राजदूत डब्ल्यू स्वर्ण परेराले पनि पुगेका थिए । उनको शीघ्र स्वास्थलाभको कामना गर्दै भिक्षु र अनगारिका गुरुमाले परित्राण पाठसमेत गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org