विज्ञापन नियमन गर्नेसम्बन्धी विधेयकको छलफल सकियो
काठमाडौं । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिमा ‘विज्ञापन (नियमन गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ मा दफावार एवं संशोधन माथिको छलफल सकिएको छ ।
समितिको आजको बैठकमा सो विधेयकलाई अन्तिम रुप दिन नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेलसहित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उच्च नेतृत्वसँग थप सुझावसमेत लिइएको थियो ।
सो विधेयकलाई सङ्घीय संसद्को चालू अधिवेशनमा नै प्रस्तुत गर्ने सरकारको तयारी रहेको छ । विधेयकमाथि सो समितिका सदस्य राधेश्याम अधिकारी, अनिता देवकोटा, प्रकाश पन्त, डा विमला राई पौडेल, खिमलाल भट्टराईसहित १२ सांसदले ५९ बुँदे संशोधन प्रस्ताव दर्ता गरेका थिए ।
आजको बैठकमा संशोधनकर्ता सदस्यले संशोधन गर्नुपर्ने कारण सहित संशोधनका बुँदा प्रस्तुत गरेका थिए थियो । विज्ञापन व्यवसायलाई मापदण्ड बनाइ नियमन गर्ने र विज्ञापनको स्पष्ट नीति बनाइ करको दायरामा ल्याउने लगायतका उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विसं २०७५ पुस २२ गते सो विधेयकको मस्यौदा संसद्मा दर्ता गरेको थियो ।
विधेयकमा होर्डिङ बोर्डबाट विज्ञापन गर्न अनुमति लिनुपर्ने, विज्ञापनरहित प्रकाशन वा प्रसारण गर्नुपर्ने, विज्ञापनमा विज्ञापनकर्ताको नाम, ठेगाना तथा चेतावनीमूलक सन्देश उल्लेख गर्नुपर्ने, मन्जुरी नलिई इमेल वा एसएसएसबाट विज्ञापन गर्न नहुने, आधिकारिक रुपमा जानकारी नभई विज्ञापन गर्न नहुने प्रस्ताव गरिएको छ ।
विधेयकको मस्यौदामा विज्ञापन गर्न सकिने, विज्ञापन बोर्डको गठन, बोर्डको काम, कर्तव्य अधिकार, बोर्डका अध्यक्षको योग्यता, प्रदेश तथा स्थानीय तहका सञ्चार माध्यमबाट हुने विज्ञापनको नियमन लगायतका बुँदा रहेको छ ।
बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विज्ञापनलाई करको दायरामा ल्याउन र विज्ञापन निर्मातालाई जनता तथा मुलुकप्रति उत्तरदायी बनाउन उक्त विज्ञापन नियमन गर्ने कानून जरुरी भएको हुँदा सो विधेयक ल्याउनुपर्ने आवश्यकता औँल्याए ।
उनले संविधान प्रदत्त स्वतन्त्रता उपयोग गर्न विधेयकले कुनै बाधा नपु¥याउने स्पष्ट पार्दै विज्ञापनलाई विधेयकले थप मर्यादित बनाउने छ भने । सोही मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले विज्ञापन गर्न सकिने कुरा विधेयकमा स्पष्ट रुपमा आएको चर्चा गर्दै यसलाई करको दायरामा ल्याउन विधेयक आएको हो भने ।
समितिका सभापति परशुराम मेघी गुरुङले विज्ञापनलाई थप मर्यादित र व्यवस्थित बनाउन विधेयकले सहयोग पु¥याउने विश्वास व्यक्त गरे । संशोधनकर्ता सदस्यहरु राधेश्याम अधिकारी, अनिता देवकोटा, प्रकाश पन्तले संविधान प्रदत्त स्वतन्त्रतालाई विधेयकले अंकुश लगाउन नहुने धारणा राखे।
Comments
अरु समाचार
-
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच...
-
विपीन जोशीको रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग परराष्ट्रमन्त्री डा. राणाको आग्रह
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको...
-
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं। झापाको विर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत विर्तामोड नगरपालिका–६ कुमारी चोकस्थित प्र१–०१–०१३प २८०९ नम्बरको...
-
एसईईको ग्रेडवृद्धिमा ५६ दशमलव ७८ प्रतिशत उत्तीर्ण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार एसईईको...
-
आईसीसी विश्वकप लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै
काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किंग सिटीमा नेपालले आज यो श्रृङ्खलाको...
-
लेबनानमा इजरायलकोे आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ सय ९२
जेरुसलेम । लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९२ पुगेको छ । हिजो बिहानदेखिको इजरायली आक्रमणबाट...
-
केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने
काठमाण्डौ ।अबका केही दिन देशभरको मौसममा फेरबदल आउने र पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा मेघगर्जनरचट्याङ र...
-
आजको राशिफलः २०८१ असोज ८ गते मंगलवार
मेषः अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले...