शिक्षाका कर्मचारीहरुको समायोजन एसईईपछि मात्रै
काठमाडौं । सरकारले समायोजन भएर जाने नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूहका कर्मचारीलाई माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) अवधिभर पूर्ववत् जिम्मेवारीमै रहन निर्देशन दिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परीक्षाको संवेदनशीलतालाई ध्यानमा राखी प्रदेश र स्थानीय तहमा कार्यरत शिक्षा सेवाका त्यस्ता कर्मचारीलाई परीक्षा समाप्त भएपछि मात्रै समायोजन भएको कार्यालयमा जान निर्देशन दिएको हो ।
परीक्षाका लागि जिल्ला समन्वय समितिको सदस्यसचिवका रूपमा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रहने भएकाले साविक बमोजिम कार्यसम्पादन गर्न भनिएको मन्त्रालयले जनाएको छ ।
यस वर्षको एसइई परीक्षा यही चैत १० गतेदेखि २१ गतेसम्म देशभर एकसाथ हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।
यस वर्षको परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक क्षेत्रका गरी कूल चार लाख ७५ हजार तीन परीक्षार्थीले आवेदन दिएका छन् । यसमा दुई लाख ३६ हजार ४४५ पुरुष र दुई लाख ३८ हजार ५५८ महिला विद्यार्थी छन् । परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार परीक्षाका लागि एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मी परिचालित छन् । अनिवार्य विषयका प्रश्नपत्रहरु सातै प्रदेशबाट सोधिनेछ ।
विद्यालय शिक्षामा ‘अक्षराङ्कन पद्धति, कार्यान्वयन कार्यविधि, २०७२’ जारीपछि अक्षराङ्कन पद्धतिमा हुँदै आएको छ ।
Comments
अरु समाचार
-
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
काठमाडौं । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी गाउँपालिकास्थित किसेदि खोलामा करेन्ट लगाएर...
-
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१...
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...
-
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र
काठमाडौं । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने...
-
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र
काठमाडौं । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने...
-
डोको बोकेर दौडिने प्रतियोगितामा फक्ताङ्लुङका कार्की प्रथम
काठमाडौं । यहाँ जारी ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको डोको क्यारी रन (डोको बोकेर दौडिने) प्रतियोगितामा फक्ताङ्लुङ गाउँपालिकाका–२ का छत्रबहादुर...
-
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु
काठमाडौं । सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ । 'दुर्भाग्यवस उहाँ जेलको...
-
इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु
काठमाडौं । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको...
-
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
काठमाडौं । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा रु एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार...