ताजा समाचार

साफ महिला च्याम्पियनसीपः भारतविरुद्ध सावित्राको बराबरीको गोल

बिराटनगर । साफ महिला च्याम्पियनसीप अन्तर्गत भारतसँग उपाधि भिडन्त गरिरहेको नेपालले बराबरी गोल फर्काएको छ ।

खेलको २३ औं मिनेटमा पहिलो गोल खाएको नेपालका लागि सावित्रा भण्डारीले ३३ औं मिनेटमा गोल गरेकी ह्न ।

विराटनगरको शहिद रंगशालामा सुरुदेखि नै भारतलाई दबाव दिएको नेपालले २३ औं मिनेटमा फ्रि किकमा गोल खाएको थियो । भारतकी डालिमा छिब्बरले करिब ३० यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक बल सिधै गोलमा परिणत भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org