मंसिरबाट माथिल्लो तामाकोशी सञ्चालनमा आउँछः मन्त्री पुन
दोलखा ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् ।
जतिसक्दो चाँडो आयोजना सम्पन्न गर्न सार्थक पहल गर्दै आएका मन्त्री पुन आयोजना निरीक्षणका लागि शुक्रबार दोलखा पुगेका थिए । मन्त्री पुनले दोलखाको विगु गाउँपालिकामा निर्माणाधीन उक्त आयोजनाको बाँधस्थल, सुरुङ, माथिल्लो पेनस्टक र तल्लो पेनस्टकको अवस्थाको बारेमा निर्माणस्थलमै पुगेर जानकारी लिए ।
उनले करीब तीन घन्टा आयोजना निर्माणस्थलमा रहेर निकै चासोपूर्वक निर्माण कार्यको अवलोकन गरेका थिए । निरीक्षणका क्रममा मन्त्री पुनले आयोजनाको अनुगमन, निरीक्षण, समस्याको समाधान र सहजीकरणका लागि आफू प्राधिकरण तथा आयोजनाका उच्चपदस्थ अधिकारीसहित निर्माणस्थलमै आएको बताए ।
उनले आयोजना प्रमुख दिनेशजङ्ग राना र प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठसँग आयोजनाका प्रगतिका बारेमा जानकारी लिएका थिए । मन्त्री पुनले तोकिएको समयभित्रै राष्ट्रिय गौरवका रुपमा रहेको तामाकोशी जलविद्युत् आयोजना सम्पन्न गर्नुपर्नेमा जोड दिँदै त्यसमा गम्भीर भएर काम गर्न निर्देशन दिए ।
आयोजनाको निरीक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले राष्ट्रिय गौरवको यस आयोजना तोकिएको समय तालिकाभित्रै सम्पन्न हुने बताए । उनले आगामी मङ्सिरभित्र आयोजना पूर्णरुपमा सञ्चालनमा आउने विश्वास व्यक्त गरे ।
“यो निकै महत्वपूर्ण आयोजना भएकाले यसमा हाम्रो गम्भीर चासो छ, आयोजना समयमै सम्पन्न गर्न र गुणस्तरीय बनाउनका लागि मैले पूरै ध्यान केन्द्रित गरेको छु, म समय तालिकाभित्रै आयोजना पूरा हुनेमा विश्वस्त छु”– मन्त्री पुनले भने ।
नेपाली श्रम, सीप र पूँजी परिचालन गरी ठूला आयोजना सम्पन्न गर्न सक्दैन भन्ने सोच विगतमा रहेको भन्दै उनले यसबाट नेपालीले ठूला आयोजना आफैँ बनाउन सक्छन् भन्ने पुष्टि भएको बताए । मन्त्री पुनले तामाकोशी जलविद्युत् आयोजना नेपालका लागि नमूनायोग्य र महत्वपूर्ण भएको बताए ।
उनले भने,“केही समयअघि भर्टिकल साफका कारण केही समस्या आएको थियो, हामीले टेक्सम्याक र एण्ड्रिजको बीचमा समझदारी बनाइदिएका छौँ, अहिले कामअघि बढिरहेको छ । त्यसैले पनि आगामी मङ्सिरसम्म सबै काम सम्पन्न हुन्छ ।”
आफूले आयोजना प्रमुख र कार्यकारी निर्देशकलाई सँगै राखेर शुरुदेखि नै तालिकाअनुसार काम गर्न प्रेरित गरेको मन्त्री पुनको भनाइ थियो । यसअघि आयोजनामा समस्या देखिएपछि मन्त्री पुनले ऊर्जा मन्त्रालयका सचिव, प्राधिकरणका कार्यकारी निर्देशक, आयोजना प्रमुख र टेक्सम्याको निर्माण कम्पनीका प्रतिनिधिसँग छलफल गरेर तोकिएको समयमै आयोजना सम्पन्न गर्न निर्देशन दिएका थिए ।
छलफलका क्रममा उनले आयोजनाको काम अघि नबढे ठेक्कासमेत तोड्ने चेतावनीसमेत दिएका थिए । निरीक्षणका लागि मन्त्री पुन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, राष्ट्रिय योजनाआयोगका सदस्य डा. कृष्णप्रसाद ओलीसहित आयोजनास्थल पुगेका हुन् । यसअघि गतवर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आयोजनाको निरीक्षण गरेका थिए ।
भौतिक प्रगति ९८ प्रतिशत
आयोजना निर्माणका क्रममा देखिएका समस्या सरकारले समयमै हल गरेपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक प्रगतिमा गुणात्मक परिवर्तन देखिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको भौतिक प्रगति करीब ९८ प्रतिशत पुगेको छ ।
आयोजनाको सुरुङ निर्माणका क्रममा निर्माण कम्पनी उल्झन देखिएपछि केही दिनअघि ऊर्जामन्त्री पुनले नेपाल विद्युत् प्राधिकरण, आयोजना प्रमुख तथा निर्माण व्यवसायीलाई बोलाएर समस्या समाधानको कार्ययोजनासहित प्रस्तुत हुन निर्देशन दिएका थिए ।
सोही निर्देशनानुसार आयोजनाका दुई ठाडो सुरुङ निर्माणका लागि अष्ट्रियाको एन्ड्रिज हाइड्रो र भारतीय कम्पनी टेक्सम्याकोले मिलेर काम गरिरहेका छन् । हाल ठाडो सुरुङमा स्टिलको पातासहितको पाइप राख्ने काम धमाधम अगाडि बढिरहेको छ ।
आगामी मङ्सिरमा आयोजना सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ । ‘भर्टिकल पेनस्टक सार्प’ मा स्टिल लाइनिङ गर्ने कार्यमा ढिलाइ भएपछि सो कार्य गर्न एन्ड्रिज हाइड्रोमार्फत व्यवस्थापन गरिएको छ ।
Comments
अरु समाचार
-
एसईईको ग्रेडवृद्धिमा ५६ दशमलव ७८ प्रतिशत उत्तीर्ण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार एसईईको...
-
आईसीसी विश्वकप लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै
काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किंग सिटीमा नेपालले आज यो श्रृङ्खलाको...
-
लेबनानमा इजरायलकोे आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ सय ९२
जेरुसलेम । लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९२ पुगेको छ । हिजो बिहानदेखिको इजरायली आक्रमणबाट...
-
केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने
काठमाण्डौ ।अबका केही दिन देशभरको मौसममा फेरबदल आउने र पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा मेघगर्जनरचट्याङ र...
-
आजको राशिफलः २०८१ असोज ८ गते मंगलवार
मेषः अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले...
-
पर्यटनका क्षेत्रका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड
काठमाडौँ, ७ असोजः पर्यटन क्षेत्रका लागि जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्षमता...
-
घुन्सामा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण
फुङ्लिङ : ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पूरा भएको छ । जहाँ मुलुकका विभिन्न क्षेत्रका २४ विशिष्ट...
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या
काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्। कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई...