ताजा समाचार

राजपाले गर्‍यो पाँचौ पटक संसद अवरुद्ध

काठमाडौं ।

मधेश आन्दोलन र थारुहट आन्दोलनका घटनाको छानबिन गर्न बनेको समितिले बुझाएको प्रतिवेदन सार्वजनिक माग गर्दै राजपाले आज पनि संसद अवरुद्ध गरेको छ । यो पटक समेत गरेर पाँचौ पठक राजपाले संसद अवरुद्ध गरेको हो ।

राजपा नेता लक्ष्मणलाल कर्णले सरकारले पटक पटक आश्वासन दिए पनि गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक नगरेकाले आजको संसद बैठक पनि अवरुद्ध गर्ने बताए ।

लगत्तै राजपा सांसदहरु सिटबाट उठेर विरोध जनाए । त्यसपछि सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि संसद स्थगित गरेका छन् ।

मधेस आन्दोलन एवं थारु आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघनका घटनाबारे छानविन गर्न सरकारले ०७३ साल असोज २ गते पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा न्यायिक आयोग गठन गरेको थियो ।

कुल ३ हजार २६४ वटा उजुरीमाथि छानविन गरेर आयोगले ०७४ साल माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो ।

तर, अहिलेसम्म सरकारले लाल आयोगको सो प्रतिवेदन सार्वनिक गरेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org