ताजा समाचार

रैती हुन पाउँ भनी विन्ति बिसाएको देख्दा अचम्म लाग्छः प्रधानमन्त्री

काठमाडौं ।

संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले केही नेताहरु राजतन्त्रको पक्षमा जनमत संग्रह गर्नुपर्छ भन्दै आफै रैती बन्न माग गर्दै हिँडेको आरोप लगाएका छन्।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने, ‘आफुलाई लोकतान्त्रिक भन्ने मित्रहरुबाटै जनमत संग्रहका कुरा सुने। कोही अहिले पनि फालिएको राजतन्त्रको पक्षमा जनमत संग्रह गर्नुपर्छ भनेर हिडँदा अचम्म लाग्छ। जोगीले फेरी लगाउँछ नि। फेरी लगाएर हिँड्याछ। हो त्यसरी फेरी अढाइ सय वर्ष पहिले कुनै विश्वविद्यालय थिएनन् होला गोर्खाका घलेहरुले बुझेका थिए कुदेर प्रथम हुनुपर्छ। जन्मसिद्ध कोही पन हुँदैनन् ।’

रैती हुन पाउँ भनी विन्ति बिसाएको देख्दा आफुलाई अचम्म लागेको प्रधानमन्त्री ओलीले बताए। ‘सचेत विश्वविद्यालय पढेकाहरु नागरिक भएकामा गर्व गर्न नसक्ने। रैतान हुन पाउँ भन्दै बिन्ति चढाएर हिँड्छन्।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org