ताजा समाचार

डा. अयोधिप्रसाद यादवले लिए अवकाश

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले अवकाश लिएका छन् । २ कार्यकाल निर्वाचन आयोगमा रहेको यादवले आइतबारबाट अवकाश पाएका हुन् ।

२०६३ साल देखी २ कार्यकाल खाएका यादवलाई आयोगको कार्यालयमा आइतबार एक कार्यक्रमका बीच विदाई गरिएको छ । विदाई समारोहमा अवकाश प्राप्त प्रमुख निर्वाचन आयुक्त यादवले ११ महिनाभित्र संघ, प्रदेश, स्थानीय तहलगायतका ८ वटा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन पाएकोमा आफूलाई गौरवको अनुभूति भएको प्रतिक्रिया दिए ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि संघ, प्रदेश र स्थानीय तहको निर्वाचन छोटो समयमै सम्पन्न गराउन प्रमुख निर्वाचन आयुक्त यादव सफल भए । यादवको अवकाशसँगै कार्यबहाक प्रमुख निर्वाचन आयुक्तको कार्यभार आयोगकी आयुक्त इला शर्माले सम्हाल्ने छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org