ताजा समाचार

रेस्टुरेण्टमा प्रहरी छापा, २८ विदेशी सहित ५८ जना पक्राउ

पोखरा । प्रहरीको एक टोलीले पाखरा लेकसाइडको एक रेस्टुरेण्टबाट ५८ जनालाई पक्राउ गरेको छ ।

लेकसाइडमा सञ्चालित रेस्टुरेन्टमा आयोजित टान्सपार्टीमा होहल्ला भएपछि प्रहरीले आइतबार राति उनीहरुलाई पक्रेको हो ।

वडा प्रहरी कार्यालय, वैदामका प्रमुख डीएसपी कोमल साहले ठूलो आवाजमा गीत बजाएर होहल्ला गरेपछि विदेशीसहित ५८ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

नियन्त्रणमा लिइएका २८ विदेशीको संलग्नता होहल्लामा नभेटएपछि उनीहरुलाई छोडिएको प्रहरीले जनाएको छ ।

बाँकी युवाको समूहलाई बैदाम प्रहरी पोस्टमा राखेर अनुसन्धान भइरहेको साहले बताए ।

प्रहरीले रेस्टुरेन्टबाट ठूलो मात्रामा लागू औषधसमेत बरामद गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org