ताजा समाचार

न्यूनदृष्टियुक्तलाई ९२ वर्षमा नागरिकता

लमही । दाङ गढवा गाउँपालिका–३ रतनपुरका न्यूनदृष्टियुक्त चल्ली चौधरीले ९२ वर्षमा नागरिकता बनाएका छन् । जिल्ला प्रशासन कार्यालयले पचाहामा सञ्चालन गरेको शिविरबाट उनले नागरिकता लिएका हुन् ।

“यसअघि कसैले नागरिकता बनाउन पनि भनेका थिएनन्”, उनले भने, “यस्तो शिविर पनि आएको थिएन, त्यसैले पहिले नागरिकता लिन पाएकी थिइन् ।” उनलाई प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नागरिकता हस्तान्तरण गरेका हुन् ।

नागरिकता नहुँदा ९२ वर्षसम्म पनि वृद्धभत्ता नपाएका उनले नागरिकता पाएपछि भने वृद्धभत्ता पाइने भन्दै खुशी व्यक्त गरे ।

दुबैआँखा नदेख्ने चौधरीले आफू एक ठाउँबाट अर्को ठाउँ हिँड्न पनि समस्या हुने भन्दै नागरिकता बनाउनसक्ने अवस्था नरहेको बताए । नागरिकता नपाएका तथा विकटका नागरिकलाई सहज नागरिक प्रदान गर्न जिल्लाका विकट क्षेत्रमा शिविर सञ्चालन गरेको प्रजिअ रिजालले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org