ताजा समाचार

ठमेल र टोखाबाट १९ जना जुवाडे पक्राउ

काठमाडौं ।

काठमाडौंको ठमेल र टोखाबाट १९ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुको साथबाट ४ लाख ८० हजार ५ सय रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

ठमेलमा रहेको सगरमाथा ट्रेकिङ पसलमा जुवातास खेलिरहेको अवस्थामा पसलका सञ्चालक ४२ वर्षीय हस्तबहादुर परियारसमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ४५ हजार ५० रुपैयाँ बरामद भएको छ । यस्तै टोखा नगरपालिका–६ भरतपाटीस्थित निर्माणधिन घरमा जुवातास खेलिरहेको अवस्थामा टोखा नगरपालिका–८ घर भएका ३६ वर्षीय रामदेव रिमाल समेत १४ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट नगद ४ लाख ३५ हजार रुपैयाँ बरामद भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org